चितवन मेडिकल कलेजमा पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु

0
185

चितवन, जेठ ४-  चितवन मेडिकल कलेजमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मृत्यु हुनेमा दुई जना महिला र दुई जना पुरुष रहेका छन् । अस्पतालमा अहिले आईसीयूमा १४२ जना भेन्टिलेटरमा ३५ जना बिरामीको उपचार भइरहेको छ ।अस्पतालले जनाएअनुसार विगत २४ घण्टामा २ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।

योसँगै अस्पतालमा आजसम्म कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या ३५७ पुगेको छ । विगत २४ घण्टामा १३ जना बिरामी कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्