सपना भिलेजद्वारा रत्ननगर अस्पताललाई ७ वटा अक्सिजन सिलिण्डर सहयोग,कम्तिमा २० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराउने प्रतिबद्धता

0
66

रत्ननगर ,जेठ ३- सामाजिक कार्यको क्षेत्रमा सक्रिय रहेको सपना भिलेजले २० वटा अक्सिजन सिलिण्डर बकुलहर रत्ननगर अस्पताललाई दिने भएको छ । आज (सोमबार) पहिलो चरणमा ७ वटा अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउदै संस्थाका अध्यक्ष ध्रुव गिरीले कम्तिमा पनि २० वटा अक्सिजन सिलिण्डर अस्पताललाई उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।गिरीले सपना भिलेज सोसियल इम्प्याक्ट कार्यक्रम अन्र्तगत पहिलो चरणमा ७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराइएको र बाँकी छिट्टै नै उपलब्ध गराइने जानकारी दिए । उनले कोराना महामारीले अवस्था जुनकुनै बेला कठिन हुन सक्ने भएकाले कहीँ कतै कोही समस्यामा परेको भए सो को जानकारी दिए आफ्नो संस्थाले सहयोग गर्ने पनि बताए ।अस्पताललाई दिइएको अक्सिजन सिलिण्डर बुझ्दै रत्ननगर नगरपालिकाका मेयर तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नारायण वनले सपना भिलेजलाई धन्यवाद ब्यक्त गरे । उनले अहिले चितवनमा अक्सिजन सिलिण्डरको भन्दा पनि अक्सिजनकोनै समस्या भएकाले त्यसको ब्यवस्थापनमा लाग्नुपर्ने बेला आएको बताए ।उनले प्रदेश सरकारबाट भनेको समयमा पिसिआर मेसिन आउन नसकेकोमा दुःख ब्यक्त गर्दै धेरै दान मध्ये अक्सिजन दान हालका दिनमा महान दान भएको बताए ।अस्पतालका बाल रोग बिशेषज्ञ डाक्टर निश्चल मास्केले अहिले अस्पतालमा १० वटा आइसोलेसन वार्ड रहेको बताए । उनले उक्त आइसोलेसन वार्डको लागि २४ सै घण्टा मेडिकल अफिसर र नर्सको पनि ब्यवस्था गरिएको जानकारी दिए । उनले अहिले दाताहरुको सहयोगबाट अस्पतालमा १ हप्तालाई पुग्ने पर्याप्त अक्सिजन मौजाद रहेको जानकारी पनि दिए ।अस्पताल ब्यवस्थापन समितिका सदस्य देवेन्द्र कुमार श्रेष्ठले रत्ननगर अस्पताल पूर्वी चितवनकै नमुना अस्पताल भएको जानकारी दिदै अबको केहि महिनामा अस्पतालमा आइसियु तथा भेन्टिलेटरको पनि ब्यवस्था हुने जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्