चितवनमा गैँडाको आक्रमणबाट एक महिला घाईते

0
67

चितवन,बैशाख ३०- भरतपुरमा गैँडाको आक्रमणमा परि एक महिला घाईते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (बिहिबार) दिउसो ०१ः१५ बजेको समयमा भरतपुर महानगरपालिका १२ मा बस्ने गणेश बहादुर तामाङको श्रीमती २६ वर्षकी अष्मीता तामाङ गैडाको आक्रमणबाट घाइते भएकी हुन् ।

नजिकै रहेको राईनो तालमा निउरो टिप्न जाने क्रममा एक्कासी गैँडाले आक्रमण गर्दा तामाङ घाईते भएको प्रहरीले जनाएको छ । घाइते अवस्थामा भेटिएकी तामाङलाई प्रहरी चौकी गोन्द्राङबाट खटिएको प्रहरीको टोलीले नँया मेडिकल कलेज भरतपुरमा पठाएको र उनको उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्