महामारीलाई बेलैमा मनन गरौंँ,जिम्मेवार बनौंँ।

0
250

डा.सागर पोखरेल,भरतपुर,बैशाख ३०- म एउटा चितवनको साधारण क्लिनीक संंचालक हूंँ।दैनिक जसो ४०/५० जना बिरामी आउने मेरो क्लिनीकमा ९०/९५% बिरामी COVID संक्रमित नै हुनुहुन्छ ।

मेरो क्लिनिकमा आउने अधिकांश बिमारी आर्थिक रुपमा अति बिपन्न ,दैनिक ज्यालादारी मजदुर निम्न वर्गको हुनुहुन्छ। प्राय: १/२ ट्याब्लेट औखति र केही ठिम्रा लेखीदिनु भन्दै ज्वरो खोकि पखला उल्टी जस्ता समस्या लिएर आउने बिरामीलाई बिदेशी रोगको लक्षण छ कोरोना जांच गरौ है भन्छु त्यो जांच गर्ने पैसाले त १महिनालाई पुग्ने रासन खान पुग्छरे हुन पनि ठिकै हो । ५०० रुपैया दैनिक कमाई गर्ने वर्गकालागी २ हजार रुपैयांले कोरोना परिक्षण गराउनु भन्दा त १७०० मै महिना दिनलाई पुग्ने १बोरा चामल आउंछ। अझ भन्नेहो भने कोरोना परिक्षणले मात्र बिमारीको वास्तबिक अवस्था पहिचान गर्न गाह्रो हुन्छ।

बिमारी कति टक्सिक छ हेर्नको लागी अझ केही मार्कर जांचहरू आवस्यक पर्दछ । कमसेकम २/३ हजार आवश्यक पर्न जान्छ।म आफैलाई त १/२ दिन राम्रो संग काम गर्न पाईन भने खान गार्हो हुन्छ।

सबैजसो हामी नेपालीको वास्तविकता पनि यहि हो ! यस्तो जटील परिस्थीतीमा सबै बिमारी सम्पन्न छैनन। चितवन मेडिकल कलेज (CMC) , चितवन मेडिकल साईन्सेज (CMS) लगायत प्राइभेट अस्पतालहरूमा पाईला राख्नको लागी मात्र ईमर्जन्सि शुल्क १ हजार रुपैयां देखी सुरू हुन्छ । नर्मल अवस्थामा  ४ हजारमा पाईने  ICU बेड २०/२५हजार डाक्टर भिजीट ३००रुपैयांबाट ३ हजार पुगेका छन। सबै शुल्कमा आफ्नै मनोमानी छ।कसले ध्यान पुर्याउने यस बारे?

राजनैतीक पार्टिहरूबाट त के आसावादी हुनु स्वास्थ्य अवस्था कोल्याप्सको स्थितीमा पुगीनै सक्दा पनि मिलेर संकट टार्नुको साटो सत्ता लुछाचुडिमै लिप्त छन।

२ हप्ता अगाडी २ दिन सम्म चितवन मुटु,CMC,CMS , सरकारी अस्पतालमा बेड खोज्दा खोज्दै COVID ले २७ बर्षे भाईलाई गुमाउनु पर्यो ।१हप्ता अगाडी दाई र फुपु दिदी ४ दिन अघि बेड नपाई CMC मा छिमेकी भाउजु , आज फेरी दाई र साथीको आमा ४ दिन देखी चितवनका अस्पताल चाहर्दा चाहर्दा ICU भेन्टिलेटर नपाएरै ज्यान गयो। मानविय संवेदना संग जोडिएको स्वास्थ आखिर कसको पहुंँचमा छ ?

तसर्थ, दैनिक १५०/२०० जनाले ज्यान गुमाईरहनु परिरहेको परिपेक्षमा ज्यान गुमाउनु हुनेले के लैजानुभो? खाली हात? भोली हाम्रो पालो नआउला भन्न सकिदैन भलै १/२ करोड कमाईएला ज्यानै नरहे त्यसको के काम? मानविय संवेदनालाई ख्याल गरौ ।आआफ्नो ठाउंवाट सकेको योगदान गरौ । स्थिती सोचे भन्दा भयाबह छ।आफ्नो परिवारमा समस्या नहुन्जेल केही होईन भन्ने मानसिकता त्यागौँ ।

२ हप्ता अझै कोभिड उत्कर्षमा पुग्ने अनुमान लगाउन सकिन्छ।सिडियो , मेयर , एसपि साप जो जो लकडाउनको योजनाकार हुनुहुन्छ,उहांँहरूलाई यो अनुरोध छ कि सबै खाले अफिस निर्माण कम्पनि अटो ग्यारेज बन्द गरौ । कम्तिमा २हप्ता कडा खालको लकडाउन गर्नुहोस। अस्पतालहरूको निरिक्षण गर्नुहोस् ।डाक्टर स्वास्थ्यकर्मिको भुमिका उल्लेखनिय छ। उहांँहरुलाई प्रोत्साहन गर्नुहोस। खानपान छरछिमेकमा ऐचो पैचो चलाउला ताकि महामारीबाट ज्यान जोगाउन सबैले सकियोस।

तपाइको प्रतिक्रिया दिनुहोस्