प्रचण्डद्धारा कोभिड १९ बिशेष बिजनेश पेज म्यागाजिनको विमोचन हुँदै

0
345

चितवन,बैशाख २७-माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले केटीबी एडर्भटाइजिङ्ग एजेन्सी एण्ड मिडीया सर्भिस प्रा.लि. चितवनद्धारा प्रकाशित कोभिड– १९ बिशेष “ एटुजेड बिजनेश पेज ̏ को मंगलबार विमोचन गर्नुहुने भएको छ ।

राखी भर्चुअल प्रविधिबाट विमोचन गर्न लागिएको प्रकाशक संस्था केटीबी एडभर्टाइजिङ्गले जनाएको छ ।

’हामीले यो म्यागाजिनको विमोचन भौतिक रुपमै गर्ने पूर्ण तयारी गरिसकेका थियौं । मिति समेत तय गरिसकेको अवस्था थियो तर अकस्मात जारी भएको निषेधाज्ञाका कारण विमोचन कार्यक्रम भर्चुअल मोडालिटीमा गर्नु परेको हो ’ केटीबी एडभर्टाइजिङ्ग एजेन्सीका अध्यक्ष किशोर चन्द्र सापकोटाले भन्नुभयो ।

’प्रचण्ड’ प्रमुख अतिथि रहने उक्त विमोचन समारोह जुम भुर्चअल प्रविधिबाट मंगलबार बिहान ८ बजे शुरु हुने जनाइएको छ । यसका लागि सम्पूर्ण तयारी पुरा गरिसकेको र आमन्त्रित अतिथिहरुलाई जुम आईडी प्रदान गरी सहभागी गराइने पनि सापकोटाले बताउनुभयो । चितवनबाट कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन हुने उक्त कार्यक्रममा दाहालले भर्चुअल प्रविधिबाट काठमाडौंबाट म्यागाजिनको विमोचन गर्नुहुनेछ ।

म्यागाजिनका सम्पादक सूर्यप्रसाद अधिकारीले लामो समयको प्रतिक्षा पश्चात विभिन्न कठिनाई बीच म्यागाजिनको विमोचन गर्न लागिएको बताउनुभयो । गतसालबाट शुरु भएको महामारीले विभिन्न व्यवसाय , विकास निर्माण र समग्र संचार क्षेत्रमा परेको असरको बिषयमा म्यागाजिन केन्द्रीत भएको अधिकारीले जानकारी दिनुभयो । ’यो म्यागाजिन मार्फत हामीले देशको विभिन्न क्षेत्रलाई कोरोनाले पारेको असरलाई उजागर गर्न खोजेका छौं । यी विषय अहिले झन सान्दर्भिक बन्दै गएको छ’ अधिकारीले भन्नुभयो ।

म्यागाजिनमा चितवन आधार क्षेत्र बनाएर संचारक्षेत्र, कृषि शिक्षा, स्वास्थ्य , पर्यटन उद्योग, साना व्यवसायलाई समेटेर कोभिडले यस क्षेत्रमा परेको असर, चुनौति , संभावनाका साथै विषयविज्ञ, प्राध्यापक डाक्टरका लेख, व्यवसायीका धारणा,उद्योग व्यवसायका प्रोफाइल, अन्तवार्ता, कोभिड बीच महानगरमा भएका विकास निर्माण लगायतका विषयवस्तुलाई समेटिएको छ ।

‘यो एउटा दस्तावेज बन्न सफल भएको छ, यसका विषयवस्तु, लेख रचना उत्तिकै सान्दर्भिक र मार्गनिर्देशक छन भन्ने विश्वास लिएका छौं ।’ उहांँले भन्नुभयो । विशेष अवस्थामा केन्द्रित भई विशेष म्यागाजिनको रुपमा प्रकाशित यो म्यागाजिन संभवतः चितवनमा पहिलो म्यागाजिन भएको अधिकारीको भनाई छ ।

कुल ११२ पृष्ठ लामो रंगीन यस म्यागाजिनमा कोभिड १९ को समयको शुरुवाती समय , मध्यमसमय र मत्थर भइसकेको अवस्थालाई मिहिन रुपमा केलाएर चित्रण गर्ने प्रयास गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्