अक्सिमिटर र सेनिटाइजर कालोबजारी आरोपमा काठमाडौ बाट एक पक्राउ

0
229

काठमाडौंँ,बैशाख २३-अक्सिमिटर र सेनिटाइजर कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाडौ स्थित क्षेत्रपाटीबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा लहान-२४ का २४ वर्षीय भगवानबाबु राय राजपुत छन्।

उनी क्षेत्रपाटीस्थित बिबिआर इन्टरप्राइजेजका सञ्चालक रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ।उनको इन्टरप्राइजेजबाट आठ थान अक्सिमिटर र १२४ ग्यालिन सेनिटाइजर बरामद भएको परिसरले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्