कोरोनाको कारण बाँकेमा थप दुई जनाको मृत्यु

0
159

काठमाण्डौँ,बैशाख १०-

कोरोनाको कारण बाँकेमा थप दुई जनाको मृत्यु भएको छ।

मृतकमध्ये एक जना बाँकेका र अर्का बर्दिया जिल्लाका हुन्।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ का ६५ वर्षीय पुरूष र बर्दियाको राजापुर नगरपालिका ९ का ४२ वर्षीय पुरूषको शुक्रबार दिउँसो मृत्यु भएको हो।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले योसंँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको जानकारी दिए।

त्यस्तै,  बाहिरी जिल्लाका थप १०० जनाको मृत्यु भएको र कुल गरी बाँकेमा १७० जनाको मृत्यु भइसकेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्