माडीको अयोध्यापुरीमा राखिने रामसीताको मूर्तिको बालुवाटारमा विधिवत रुपमा पुजा आजा

0
364

काठमाडौं,बैशाख ०७- चितवनको माडी स्थिति अयोध्यापुरीमा प्रतिस्थापन गर्न लागिएको रामसीताको मूर्तिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा विधिवत रुपमा पुजाआजा गरिएको छ।
संस्कृति मन्त्रालयको संयोजनमा ती मूर्तिलाई प्रधानमन्त्री केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यले पुजा गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यबहादुर थापाले बताए।पुजासँगै सीताराम शोभा रथयात्राको आयोजना पनि गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्