सर्वोच्चको नेकपा खारेज फैसलाविरूद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

0
311

काठमाडौं,चैत १०-नेकपा खारेज गर्ने सर्वोच्चको फागुन २३ को फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलकोनमा जाने भएको छ।

मंगलबार सिंहदरबारमा बसेको माओवादी स्थायी कमिटी बैठकले एमाले र मा‌ओवादी केन्द्र ब्यूँताउने फागुन २३ को अदालतको फैसला पुनरावलोकन गरी नेकपामै फर्काउन माग गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

माओवादी केन्द्रीय कमिटी बैठकले पनि पुनरावलोकनमा जाने यसअघि नै निर्णय गरिसकेको  भन्दै मंगलबार कानुन पछि माओवादी केन्द्रले पुनरावलोकनमा जाने निर्णय गरेको श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार कहिले जाने भन्ने मितिचै तय नभएको जानकारी दिए।

मंगलबार बिहान शीर्ष नेतृत्वले कानुन व्यवसायीसँग पुनरावलोकनमा जाने विषयमा छलफल गरेको थियो ।

२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएपछि निर्वाचन आयोगले ओली र प्रचण्ड नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो। तर यसअघिनै आयोगमा ऋषि कट्टेलले आफ्नो नाममा नेकपा दर्ता भइसकेको भन्दै उनीहरूको निवेदन खारेज गर्न मागसहित सर्वोच्चमा रिट हालेका थिए।

कट्टेलको पक्षमा फैसला गर्दै सर्वोच्चले फागुन २३ गते नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्