हाजिरीजवाफमा इन्टरनेशनल इंग्लिस मोर्डन स्कुल प्रथम

0
300

चितवन,चैत ६-खैरहनी नगरपालिकाले शुक्रबार आयोजना गरेको अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा इन्टरनेशनल इंग्लिस मोर्डन स्कुल प्रथम भएको छ । कुल ८ विद्यालय सहभागी प्रतियोगितामा इन्टरनेशनले प्रथम स्थान हासिल गरेको हो । खैरहनी माध्यमिक विद्यालय द्वितीय ,कपिया माध्यमिक विद्यालय तृतीय तथा डेजि इंग्लिस बोडिङ स्कुलले सान्त्वना स्थान हासिल गरेको नगरपालिकाका सामाजिक बिकास समिति संयोजक मनेजर महतोले जानकारी दिए । नाम दर्ता गराएका १२ विद्यालयबिच अडिसन राउन्डबाट ८ विद्यालयलाई सहभागी गराइएको थियो ।

त्यस्तै शुक्रबारनै आयोजित बकृत्वकला प्रतियोगितामा सैनिक आवासीय महाविद्यालयकी बिनि राई प्रथम भएकी छिन । कठार माध्यमिक विद्यालयकी प्रकृति पाण्डे द्वितीय ,कंकाली माध्यमिक विद्यालयकी अनुस्का सिलवाल तृतीय हुंदा जनएकता आधारभूत विद्यालयका इन्पिट्रेसन न्यौपाने र डेजि इंग्लिस बोडिङ स्कुलकी एलिसा सेढाईले सान्त्वना स्थान हासिल गरेका छन् । बकृत्वकला प्रतियोगितामा २० जना विद्यार्थी सहभागी थिए । दुबै प्रतियोगिताका बिजेताहरुलाइ सामाजिक बिकास समिति संयोजक मनेजर महतोले पुरस्कार वितरण गरे । यसअघि बिहिवार चित्रकला र निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्