श्रीमान बोकेर दौडिने प्रतियोगितामा विष्णु र पदमको जोडी प्रथम

0
400

देवघाट,फागुन २४-तनहुँको देवघाट गाउँपालिकामा जोडी दौड प्रतियोगिता आयोजना गरिएको छ ।

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा श्रीमतीले श्रीमानलाई बोकेर दौडिने प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी पहिलो, गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो तथा सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तृतीय भएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।

प्रतियोगितामा १४ जोडी सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्