क्रिकेट रगंशालामा सहयोग जुटाउन कुर्सीे अभियान : गैरेले किने १ लाखको कुर्सी

0
422

भरतपुर,फागुन २१-चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय रगंशालालाई आर्थिक जुटाउन कुर्र्सी अभियान सुरु गरिएको छ । थुर्मुुस सुन्तली फाउन्टेसनका अध्यक्ष सिताराम कट्टेलले आर्थिक सहयोग जुटाउन नयाँ अभियान सुरु गरेका हुन् ।
सो अभियान अन्तर्गत एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्का निवर्तमान केन्द्रिय सदस्य टंक गैरेले १ लाख १ हजार रुपैयाँ दिएर कुर्सीमा नाम लेखाउने भएका छन् । गैरे सेवा समाज जापानका पुर्व अध्यक्ष समेत रहेका गैरेले आफ्नो बुवाको नाममा रंगशालामा राखिने कुर्चिमा पहिलो पटक नाम लेखाउन पाउदा खुसीँ व्यक्त गरे । शुक्रबार रंगशाला स्थलमै पुगेर सो रकम बराबरको चेक फाउन्टेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका थिए । सो अवसरमा उनले जापानमा रहेका दाजुभाईलाई सहयोग गरेर कुर्चिमा नाम लेखाउन आग्रह गरे ।
फाउन्टेसनका अध्यक्ष कट्टेलले गैरे कुर्चिमा नाम लेखाउने पहिलो व्यक्ति भएको बताए । उनको बुवाको नाममा ३ नंम्बर कुर्चि हुने बताए । कुर्चिमा नाम लेखाउनलाई धेरै जनाले बुकिङ्ग गरेपनि निर्माण स्थलमै आएर सहयोग गर्ने गैरे पहिलो व्यक्ति भएको कट्टेलले बताए । अहिले रंगशालालाई आर्थिक संकट परेकाले सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह गरे । महायज्ञमा बोल रकम नउठ्दा आर्थिक समस्या भएको उनको भनाई थियो ।
त्यसैगरी,भरतपुर ४ निवासी चेतराम गैरेले रंगशालालाई ५१ हजार सहयोग गरेका थिए । हाल रंगशालाको मैदान, प्याराफिट र पिलरको काम भईरहेको छ । कुल ३ अरव ५५ करोडको लागतमा निर्माण हुन लागेको रंगशाला निर्माणमा हालसम्म ४३ करोड खर्च भईसकेको कट्टेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्