ईन्टरनेशनल स्कुलमा रुबिक्स क्युब प्रतियोगिता सम्पन्न,प्रोमिस बने प्रथम

0
388

खैरहनी,फागुन २०-चितवनको खैरहनी-६ पर्सामा अवस्थित ईन्टरनेशनल ईङ्ग्लिस बोर्डिङ्ग स्कुलको आयोजनामा आज रुबिक्स क्युव प्रतियोगिता सम्पन्न भएको छ।बिधालयका कक्षा ६ देखि १० सम्मका बिध्यार्थीहरुको सहभागीता रहेको उक्त प्रतियोगितामा कक्षा ६ का प्रोमिस त्रीपाठि प्रथम भएका छन।उनले १ मिनेट ४९ सेकेन्डमा क्युवलाई मिलाउन सफल भएका थिए।त्यस्तै,दोश्रो र तेस्रो हुनेमा क्रमश कक्षा ८ का राहुल कुमार यादव र कक्षा ९ कि सायरा खातुन रहेकी छिन।शिक्षक अभिभावक संघका अध्यक्ष रामेश्वर चौधरीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपाल एथलेटिक्स एसोसियसनका नेपालका केन्द्रिय महासचिव धनविर चौधरी, स्काउट/रोभर लिडर तथा सि.ए.एल.टि सन्तोष बस्ताकोटी लगायत विशिष्ट अतिथीको रुपमा रहेका थिए।त्यस्तै, विशेष अतिथिको रुपमा बिध्यालयकी प्रबन्ध निर्देशक मन्जु चौधरी रहनुभएको थियो भने अतिथिहरुमा बिध्यालयका शिक्षक कृष्ण घिमिरे,रोहित सुवेदी,सुदर्शन घिमिरे लगायत रहेका थिए।कार्यक्रम बिध्यालयका शिक्षक संजय चौधरीले संचालन गरेका थिए।कार्यक्रम बिध्यालयका प्राचार्य धनवीर चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्