डा.बाबुराम भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

0
132

दिल्ली,फागुन १७-पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो(इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । वायोप्सी, DOTA NOC परीक्षण,  Endoscopic ultrasound (EUS) , PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका हुन्।                                                                  ट्युमरलाई भने ढिला नगरी दुईरतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकले सुझाव दिएका छन् । यदि बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराएको डा. भट्टराईका प्रेस संयोजक विश्वदीप पाण्डेले बताए ।

डा. भट्टराई फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराइरहेका छन्। उनले डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिएका थिए । डा. भट्टराई भोलि फागुन १८ गते मंगलबार नै नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्किने पनि पाण्डेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्