नेपाल स्काउटको नेतृत्वमा राज्यले हस्तक्षेप गर्न नहुने : कांग्रेस नेता महेश आचार्य

प्रदेश १ को स्काउट संघर्ष समिती संयोजकमा राम भक्त यादब चयन

0
279

विराटनगर,फागुन १- कांग्रेस नेता महेश आचार्यले नेपाल स्काउटको नेतृत्वमा राज्यले नेततृत्व थोपर्ने काम गर्न नहुने बताएका छन् ।

नेपाल स्काउट मोरङले आज विराटनगरमा आयोजना गरेको ‘स्काउट एक अभियान हिजो, आज र भोली’ विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा आचार्यले राज्यले स्काउटको सांगठनिक संरचनामा हस्तक्षेप गर्न नहुने बताएका हुन् ।

आचार्यले स्काउटले किशोर किशोरी तथा युवा युवतीको  व्यक्तिगत क्षमताको विकास गर्नुका साथै सामर्थ्यवान बनाउने, अनुशासित बनाएर समाज सेवामा समर्पित गराउन सफल भएको बताए । कार्यक्रममा स्काउट मोरङका संयोजक प्रदिप विश्वासले स्काउटको हिजो, आज र भोलीको कार्यदिशाको बारेमा आफ्ना विचार व्यक्त गरेका थिए ।

सरकारले स्काउटको प्रदेशस्तरीय कार्य समिति गठन गरेर जिल्लास्तरीय समिति विघटन गरेको विरोधमा स्काउटमा आवद्ध व्यक्तिहरु आन्दोलनरत छन् ।

सरकारले स्काउटको प्रदेशस्तरीय कार्य समितिको नेतृत्वमा नेकपा ओली समूहको कार्यकर्ता भर्ती गरेको भन्दै देशभरका स्काउटले लामो समय देखी विरोध गर्दै आएका हुन् ।

आज नै राम भक्त यादबको संयोजकत्वमा प्रदेश १ को स्काउट संघर्ष समिती गरिएको छ।

गोबिन्द कुमार गडेरिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालि काग्रेसका केन्द्रीय सदस्य महेश आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । सातवटै प्रदेशका स्काउट प्रतिनिधिको उपस्थिती रहेको उक्त कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश रेग्मि, स्वामि भागवत सरण ,पुर्ब राष्ट्रिय तदर्थ समिती संयोजक चन्दन कौशिक ,मोरङ स्काउट तदर्थ समिती संयोजक प्रदिप कुमार बिस्वास, पुर्ब राष्ट्रिय सामुदायिक बिकास आयुक्त राम भक्त यादब,अनेरास्ववियु केन्द्रिय सचिब बोसिम आलम लगायत अतिथिको रुपमा रहेका थिए ।कार्यक्रममा उपस्थित वक्ताहरुले स्काउटको बारेमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रम स्काउट लिडर सुदर्शन भट्टराईले सन्चालन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्