संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरु उत्रिए प्रदर्शनमा

0
298

काठमाडौं, माघ ३० –

स्रष्टा र कलाकारहरुले संसद विघटनको विरोधमा शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन गरेका हुन ।

आन्दोलनको क्रममा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका थिए । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा साङ्लोले बाँकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका सहभागी स्रष्टाले विभिन्न कविता कृतिका पंक्ति लेखिएका प्लेकार्डहरु पनि बोकेका छन् ।

प्रदर्शनमा बामपन्थी र प्रजातान्त्रिक दुवै पक्षका साहित्यकार, कलाकार सहभागी छन् । प्रदर्शनमा विश्वभक्त दुलाल(आहुति) , निनु चापागाई, राजन मुकारुङ, नारायण वाग्ले, हरिगोविन्द लुइँटेल, धनाकुमारी सुनार, दयाहाङ राई लगायतको सहभागी छन् । उनीहरुले प्रर्दशनमा मन्तव्यसहित कविता पनि वाचन गर्ने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्