वर्ल्ड रेकर्डको प्रमाणपत्र लिएर स्वदेश फर्किए सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर

0
196

काठमाडौं,माघ २५- लगातार चार घण्टासम्म गीत गाएर वर्ल्ड रेकर्ड कायम गरेका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर कीर्तिमानीको प्रमाणपत्र लिएर स्वदेश फर्किनुभएकाे छ। भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रमबाट प्रमाणपत्र लिएर राज्यमन्त्री मानन्धर स्वदेशर फर्किनुभएकाे हाे ।

राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा आधिकारिकता राज्यमन्त्री रामदास आठवलेले प्रमाणपत्र हस्तान्तरण गर्नुभएकाे थियाे ।प्रमाणपत्र लिने कार्यक्रममा राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयाे । मन्त्री मानन्धरले गत पुस १० गते लगातार ४ घण्टा पाँच मिनेट २० सेकेण्ड गीत गाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्