चितवन केरा उत्पादक संघको अध्यक्षमा माधवप्रसाद घिमिरे चयन

0
146

रत्ननगर, माघ २३ – चितवन केरा उत्पादक संघको अध्यक्षमा माधवप्रसाद घिमिरे चयन भएका छन । संघको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले घिमिरेको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा फडिन्द्र लामिछाने, उपाध्यक्षमा शंकरप्रसाद सुवेदी, महासचिवमा जनकराज पन्त, सचिवमा विवेक दाहाल र कोषाध्यक्षमा टंक लामिछाने चयन भएका छन् । समितिको सदस्यहरुमा विष्णु भट्टराई, चिरञ्जीवी सापकोटा, ऋषिराम गुरुङ, सरस्वती भन्ताना, महेन्द्र सेन ठकुरी, टीकाराम खतिवडा तथा मनोनित सदस्यमा रामचन्द्र दुवाडी र विनु शाही चयन भएका छन् ।

संघको लेखा समिति संयोजकमा पुण्यप्रसाद देवकोटा र सदस्यहरुमा दीपबहादुर भण्डारी र कपिल ढकाल चयन भएका छन । संघको साधारण सभा तथा अधिवेशनको उद्घाटन माघ १७ गते रत्ननगरमा भएको थियो । केरा व्यवसायी किसानहरु बीच सहमति जुटाएर शुक्रवार संघको निर्विरोध कार्यसमिति चयन गरिएको महासचिव जनकराज पन्तले जानकारी दिए । नवनिर्वाचित कार्यसमितिलाई शुक्रवार शपथग्रहण गराइएको छ ।

निर्वाचन समितिका संयोजक नोदनाथ लामिछानेले शपथग्रहण गराएका हुन । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष घिमिरे, निर्वतमान अध्यक्ष घननाथ महतो र पूर्व अध्यक्ष विष्णुहरि पन्तले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्