नेकपाका दाहाल नेपाल समुहका नेता झा घाइते ,दर्जनौं राउन्ड हवाइ फायर,दर्जनौं पक्राउ

0
82

जनकपुर,माघ २२ –

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा असंवैधानिक नियुक्ति गरेको विरोधमा दाहाल– नेकपा समुहले आज एकदिने आमहड्ताल गरेको छ ।

जनकपुरधाममा बजार बन्द गराउन हिडेका प्रर्दशनकारी र प्रहरीबीच झडप भएको छ । दाहाल नेपाल समुहका नेता कार्यकर्ता र प्रहरीबीच जनकपुरधाममा झडप भएको हो । प्रहरी संगको झडपमा परी नेकपा दाहाल नेपाल समुहका स्थायी समिति सदस्य रामचन्द्र झा गम्भीर घाइते भएका छन ।

बजार बन्द गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरुलाइ प्रहरीले अवरोध सृजना गरे पछि झडप भएको थियो । सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा घाइते भएका हुन । उनको टाउकोमा गहिरो चोट लागेको नेकपा जिल्ला सचिव दीपक यादवले जानकारी दिएका छन ।

नेता झालाइ उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यता, प्रहरीले दाहाल नेपाल समुहका दर्जनौ कार्यकर्तालाइ पक्राउ समेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्