बुलिङटार जेसीजको अध्यक्षमा सन्दीप श्रेष्ठ

0
322

बुलिङटार । बुलिङटार जेसीजको अध्यक्षमा सन्दीप कुमार श्रेष्ठ चयन भएका छन् ।नवलपुर जिल्ला सुस्तापूर्वको पहाडी भेग बुलिङटार गाउंँपालिकामा आयोजित एक बिशेष भेलाबाट सर्वसम्मत श्रेष्ठ चयन भएका हुन् । पहिलो भेलाले श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको कार्यकारिणी उपाध्यक्षमा  तेजमान श्रेष्ठ,भविलाल राना,कानुनी सल्लाहकारमा ऋषिश्वर बकावल, महासचिवमा  सुवाष देवकोटा,कोषाध्यक्षमा  ऋषिराम गिरी चयन भएका छन । यसैगरी उपाध्यक्षमा विमला वाग्ले पौडेल,लोक प्रसाद रामदाम,प्रदिप कंडेल र अर्जुन पुलामी रहेका छन् भने सचिव पदमा बुद्ध प्रसाद रानाभाट,सहकोषाध्यक्ष त्रेता बस्ताकोटी चयन भएका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउंँपालिका उपाध्यक्ष मैना विकले बुलिङ्गबार जेसीजमा आबद्ध युवाहरुले गाउंँपालिकाका आर्थिक,सामाजिक , सांस्कृतिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बुलिङटार जेसीजले सँस्थामा आवद्ध युवाहरुलाई बुलिङटारको विविध क्षेत्रको खोजअनुसन्धान,विकास, समृद्धि सँगै व्यक्तित्व विकासमा अगाडि बढ्न प्रोत्साहित गर्ने बताए ।

कार्यक्रमा गैंडाकोट जेसीजका अध्यक्ष दया सापकोटा,पूर्व अध्यक्ष बद्री सापकोटा, कृष्णहरि सापकोटा र प्रमेश आचार्य लगायतको उपस्थिति रहेको थियो। भेलामा सहभागीहरुलाई जेसी बद्री सापकोटाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम गैंडाकोट जेसीजका पूर्व अध्यक्ष जेसी कृष्णहरि सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । बुलिङटार जेसीजको मातृसँस्थाको रुपमा गैंडाकोट जेसीज रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्