बाँझो जमिनमा खेती गर्ने पर्वतका ९७ जना कृषकहरुलाई १० लाख बढी अनुदान प्रदान

0
397

पर्वत मंसिर २४-

पर्वतको फलेवास नगरपालिकाले बांझो जमिन सदुपयोग गरि खेती गर्ने ९७ जना कृषकहरुलाई १० लाख ५१ हजार अनुदान रकम प्रदान गरेको छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष सुवेदीले बाँझो जमिनमा खेति गरेका कृषकलाई प्रतिरोपनी २ हजारका दरले क्षेत्रफलका आधरमा अनुदान प्रदान गरिएको हो ।

नगरले कृषक मैत्री कार्यक्रम गरेको र बांझो जमिन लाई हराभरा बनाइ आयातलाइ प्रतिस्थापन गर्ने सोचका साथ कार्यक्रम अगाडि बढाएको नगरप्रमुख पदमपाणी शर्माले बताएका छन् । श्रमिक कल्याणकारी कोष, कृषि ॠणमा व्याज अनुदान जस्ता कार्यक्रम संचालन गरिएको उनले बताए । उत्पादनमा जोड दिन कृषकहरुलाई प्रोत्साहन र सम्मानका कार्य गरिएको शर्माले बताए ।

विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा हुन सक्ने सम्भावित खाद्य सङ्कट लाई मध्यनजर गरी फलेवास नगरपालिका नगरकार्यपालिकाले खाद्य सुरक्षाका लागि बाँझो जमिनमा खाद्यान्न उत्पादनका लागि प्रोत्साहन कार्यक्रम तयार गरेको थियो ।

कृषकहरुले सम्बन्धित टोलबाट खेतबारी २ बर्ष पहिले देखि बाझो रहेको प्रमाणित गरी नागरिकताको प्रतिलिपि, खेति गरिएको जग्गाको लालपुर्जा वा यदि भाडामा लिएको हकमा करार सम्झौता पत्र सहित वडा कार्यालयमा निवेदन दिएको र रितपुर्वक दर्ता भएका निवेदनको वडा कार्यालयबाट जनप्रतिनिधि, वडा सचिव र वडामा कार्यारत प्राबिधिक बाट सघन अनुगमन गरी नगरपालिकामा पेश गरिएको थियो। नगरपालिकामा पेश गरिएको निवेदनको नगरपालिका कृषि विकास शाखाबाट पुन अनुगमन तथा बाली कटानि सर्वेक्षण गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्