नेपाल–भारत कुटनीतिक सम्बन्धमा ‘आइस ब्रेक’

चीन–भारत द्वन्द्वका बीच दुवै मुलुक नेपाल भ्रमणको होडमा, नेपालसामु कस्ता छन् चुनौती ?

0
324

काठमाडौँ, मङ्सिर १२- 

भौगोलिक रुपमा भारत र चीनजस्ता दुई ठुला राष्ट्रले घेरिएको नेपाल विश्वमा बढ्दो कुटनीतिक ध्रुवीकरणले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको खेल मैदान बन्ने खतरा झेल्दैछ । कुटनीतिक मामिलाका जानकारहरुका अनुसार पछिल्लो समय चीनको पक्ष र विपक्षमा बढ्दो अन्तर्राष्ट्रिय ध्रुवीकरण र भारतसँगको सीमा विवादका बीच नेपालले आफ्ना दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्दै आफ्नो हितको रक्षा गर्नु अहिले मुख्य चुनौतीको विषय बनेको छ ।

दशकौँदेखि कायम रहँदै आएको नेपाल–भारत सीमा विवाद अहिले उत्कर्षमा पुगेको छ । लामो समयसम्म सीमा विवाद सुल्झाउन चासो नदेखाइनु र नेपालले आफ्नो दावी गर्दै आएको भूभागमा भारतले एक पक्षीय रुपमा सडक निर्माण गर्नुका साथै केन्द्रीय मन्त्रीले उक्त सडक उद्घाटनसमेत गरेपछि नेपालले आफ्नो दावी रहँदै आएको भूभाग समेटेर नक्सा जारी गर्‍यो । संशोधित नक्सालाई संविधानको अनुसूचीमा समेट्ने क्रममा संसदमा सबै राजनीतिक दल एकै ठाउँ उभिए । त्यस यता नेपाल र भारतबीच ‘ब्रेक’ भएको कुटनीतिक सम्बन्ध विस्तारै जोडिन थालेको छ ।

अर्कोतिर, अमेरिका, युरोप, जापान, भारत लगायतका मुलुक चीनविरुद्धको ध्रुवीकरणमा छन् । ती मुलुकहरु नेपालमा कसरी आफ्नो प्रभाव बढाउने र चीनलाई कसरी घेराबन्दी गर्ने भन्नेबारे अनेक योजना र कार्यक्रम तर्जुमा गरिरहेका छन् । इन्डोप्यासेफिक रणनीति, मिलेनियम च्यालेन्ज कर्पोरेसन लगायतका विषयलाई ‘चीनविरुद्धका कुटनीतिक अस्त्र’ का रुपमा हेर्ने पनि प्रशस्त छन् ।

‘असंलग्न परराष्ट्रनीति’ अङ्गीकार गर्दै आएको नेपालले अन्तर्राष्ट्रिय कुटनीतिमा देखिएको मोर्चाबन्दीका बाबजुद आफ्नो पहिचान कायम राख्न निकै ठुलो चुनौती छ । कुटनीतिक मामलाका ज्ञाताहरु अहिलेको अवस्थालाई निकै जटिल र चुनौतीपूर्ण मान्छन् । यस्तो अवस्थामा नेपालले कुटनीतिक चातुर्यता, कौशलता र परिपक्वता देखाउनुपर्ने उनीहरुको भनाइ छ ।

‘असंलग्न परराष्ट्रनीति’ अङ्गीकार गर्दै आएको नेपालले अन्तर्राष्ट्रिय कुटनीतिमा देखिएको मोर्चाबन्दीका बाबजुद आफ्नो पहिचान कायम राख्न निकै ठुलो चुनौती छ । कुटनीतिक मामलाका ज्ञाताहरु अहिलेको अवस्थालाई निकै जटिल र चुनौतीपूर्ण मान्छन् । यस्तो अवस्थामा नेपालले कुटनीतिक चातुर्यता, कौशलता र परिपक्वता देखाउनुपर्ने उनीहरुको भनाइ छ ।

तर नेपाल सरकार यसमा कति समवेदनशील छ ? प्रश्न उठ्न थालेको छ । भारतसँगको सीमा विवाद उत्कर्षमा पुगेपछि नेपाल–भारत सम्बन्धमा एक प्रकारले ‘संवादहीनता’को अवस्थामा पुगेको थियो । गत महिना भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणपछि टुसाएको संवाद भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणेको भ्रमणपछि थप अङ्कुरण भएको र हालै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगलाको भ्रमणबाट एउटा बिरुवाको रुप लिएको टिप्पणी पनि भइरहेको छ ।

राजनीति प्रायः एउटा निर्वाचनदेखि अर्को निर्वाचनसम्मको अवधिलाई लक्षित हुन्छ तर कुटनीतिले एउटा युगदेखि अर्को युगलाई लक्षित गर्दछ । त्यसैले पनि राजीतिमा माहिर खेलाडी कुटनीतिमा पनि अब्बल नै हुन्छ भनेर मान्न सकिँदैन । भारतसँगको संवादहीनता अन्त्य हुन लाग्यो भनेर यतिबेला नेपाल खुसी हुने कि भारतीय विदेशसचिव स्वदेश फर्किएको दुई दिनपछि हुने चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणले कस्तो प्रतिक्रिया निम्त्याउला भन्नेमा चिन्तित हुने ? कुटनीतिक मामलाका जानकारहरु नै प्रश्न गर्न थालेका छन् । उनीहरु सरकारले कुटनीतिक मामिलामा एकपछि अर्को गर्दै अपरिपक्व व्यवहार प्रदर्शन गरिरहेको आरोप लगाउँछन् ।

 

‘वार्तामै नबस्ने, सम्पर्क मै नबस्ने भनेर भारतले अर्घेल्याइँ गर्दै आएको थियो । अहिले त्यो क्रम अन्त्य भएको छ, यसलाई सकारात्मक मान्नैपर्छ,’ काँग्रेस नेता दीपकुमार उपाध्याय नेपालले भने, ‘तर भारतीय विदेशसचिवको भ्रमण लगत्तै चिनियाँ रक्षामन्त्रीको भ्रमण गराउँदा दुई मुलुकबीच प्रतिस्पर्धा गराएजस्तो देखियो । उनीहरुले भ्रमणका लागि पहिला नै समय मागेका हुन्छन् । हामीले यसलाई एक–दुई हप्ता अघि–पछि पार्न सकिन्थ्यो नि ।’

भारतका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हालिसकेका काँग्रेस नेता दीपकुमार उपाध्याय नेपाल र भारतबीच लामो समयदेखि कुटनीतिक तहको वार्ता हुन नसकेको अवस्थामा भारतीय विदेशसचिवको भ्रमण हुनुलाई ‘आइस ब्रेक’ नै मान्छन् । तर भारतीय विदेशसचिवको भ्रमणलगत्तै चिनियाँ रक्षामन्त्रीको भ्रमण निर्धारण गरिनुलाई उनी सरकारको ‘कुटनीतिक अपरिपक्वता’ बताउँछन् ।

‘वार्तामै नबस्ने, सम्पर्क मै नबस्ने भनेर भारतले अर्घेल्याइँ गर्दै आएको थियो । अहिले त्यो क्रम अन्त्य भएको छ, यसलाई सकारात्मक मान्नैपर्छ,’ उनले भने, ‘तर भारतीय विदेशसचिवको भ्रमण लगत्तै चिनियाँ रक्षामन्त्रीको भ्रमण गराउँदा दुई मुलुकबीच प्रतिस्पर्धा गराएजस्तो देखियो । उनीहरुले भ्रमणका लागि पहिला नै समय मागेका हुन्छन् । हामीले यसलाई एक–दुई हप्ता अघि–पछि पार्न सकिन्थ्यो नि ।’

यस्तो प्रतिस्पर्धाले नेपाललाई खेल मैदान वा युद्धको मैदान बनाउन खोजेको सन्देश प्रवाह गर्ने उनको बुझाइ छ । ‘सरकारले त्यस्तो गर्न खोजेको त होइन होला, तर व्यवहारले त्यस्तो देखिन्छ,’ उनले भने, ‘त्यसपछि कल्पना गर्नेहरुले कल्पना गर्छन्, भन्नेहरुले भन्न थाल्छन्, अनि सरकारको काम गराइ नै त्यस्तै भएपछि त्यसलाई होइन भन्न पनि मिल्दैन ।’

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ पनि उपाध्यायको तर्कमा सहमत देखिन्छन् । ‘नेपाल–भारत संवादहीनता तोडिएको छ, संवादको क्रम बढ्दै गएको छ । यो सकारात्मक पक्ष हो,’ उनले भने, ‘तर एउटाको साथ लागेर अर्कोलाई चिढ्याउनु हुँदैन । दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्नका लागि कुटनीतिक परिपक्वता चाहिन्छ ।’

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ पनि उपाध्यायको तर्कमा सहमत देखिन्छन् । ‘नेपाल–भारत संवादहीनता तोडिएको छ, संवादको क्रम बढ्दै गएको छ । यो सकारात्मक पक्ष हो,’ उनले भने, ‘तर एउटाको साथ लागेर अर्कोलाई चिढ्याउनु हुँदैन । दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्नका लागि कुटनीतिक परिपक्वता चाहिन्छ ।’

श्रेष्ठका अनुसार पछिल्लो समय नेपालको भूराजनीतिक महत्व अझ बढेको छ । भारत र चीनबीच द्वन्द्व बढेको र अमेरिका र चीनबीच पनि सम्बन्ध बिग्रिएको अनि भारत र अमेरिकाबीच सहकार्य भइरहेको अवस्थाले गर्दा चीनसँग सीमा जोडिएको नेपालको भूराजनीतिक महत्व अझ बढेको उनको तर्क छ । ‘चीनको कमजोर ठाउँ भनेको तिब्बत हो, तिब्बतका विखण्डनवादीलाई उचाल्ने ठाउँ नेपाल पनि भएको छ । त्यसैले चीनले रक्षा मन्त्री पठाएर त्यस्तो नहोस् भन्न खोजेको हो,’ भारत र चीनसँग नेपालको सम्बन्ध सन्तुलित बनाउनुपर्ने औचित्य प्रस्ट पार्दै उनले भने, ‘तर अर्कोतिर, निर्वासित तिब्बती नेता दलाई लामाको हेडक्वार्टर भारत मै छ ।’ यस्तो अवस्थामा सम्बन्धित मुलुकका सरकारका प्रतिनिधिलाई भ्रमणको मिति निर्धारण गर्ने क्रममा पनि एक अर्काबीच संशय नबढाउने गरी कुटनीतिक कौशल प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ ।

पूर्वराजदूत उपाध्याय कुटनीतिलाई कहिल्यै हलुका रुपमा लिने गल्ती गर्न नहुने बताउँछन् । आफ्नो भनाइलाई प्रस्ट्याउँदै उनले भने, ‘कुटनीतिमा बोलिरहन पनि पर्दैन, इशारा नै काफी हुन्छ । टाउको हल्लाइदियौँ भने उनीहरुले त्यसलाई सकारात्मक मानेर कुटनीतिक नोटमा राख्छन्, अनि पछि मैले कहाँ त्यसो भनेको थिएँ र ? भन्ने ठाउँ पनि रहँदैन । कुटनीति भनेको बडो समवेदनशील हुन्छ । त्यसैले यसमा परिपक्व ढंगले अघि बढ्नु पर्छ भनिएको हो ।’

पूर्वराजदूत उपाध्याय कुटनीतिलाई कहिल्यै हलुका रुपमा लिने गल्ती गर्न नहुने बताउँछन् । आफ्नो भनाइलाई प्रस्ट्याउँदै उनले भने, ‘कुटनीतिमा बोलिरहन पनि पर्दैन, इशारा नै काफी हुन्छ । टाउको हल्लाइदियौँ भने उनीहरुले त्यसलाई सकारात्मक मानेर कुटनीतिक नोटमा राख्छन्, अनि पछि मैले कहाँ त्यसो भनेको थिएँ र ? भन्ने ठाउँ पनि रहँदैन ।

यसकै लागि कुटनीतिक चतुराइ, कौशल चाहिने उनको भनाइ छ । उनले भने, ‘सबै कुरा सरकारले जान्दछ भन्ने होइन, यस्ता कुरामा परराष्ट्रमै अनुभवी व्यक्तिहरुको भूमिका रहनुपर्छ ।’ विगतमा धेरै कमजोरी भएको जिकिर गर्दै उनले सरकार प्रमुखले कहिले विभिन्न लाञ्छना लगाउने, कहिले फेरि आफैले अपारदर्शी ढंगले राति घण्टौँ भेटवार्ता गर्ने जस्ता कार्यले देशको गरिमा घटेको बताए ।

पूर्वराजदूत श्रेष्ठ भारतसँग तोडिएको संवादहीनतालाई अब सकारात्मक दिशा दिएर नेपालले आफ्नो गुमेको भूभाग फिर्ता ल्याउन पहल गर्नुपर्ने बताउँछन् । नेपाललाई पेल्न सकिन्छ कि भन्ने ठान्दै आएको भारतलाई नेपालले दुई÷तीन कुरामा बलियो चुनौती दिएको र त्यसकै परिणामस्वरुप भारतले फेरि कुटनीतिक वार्तालाई नै प्राथमिकता दिन थालेको उनको भनाइ छ ।

‘भारतले नेपाललाई संविधान जारी गर्ने बेलामै रोक्न खोजेको थियो, संविधान जारी गरे पनि यी बुँदालाई राख भनेर दबाब पनि दियो तर नेपालले संविधान पनि जारी गर्‍यो र उसले भनेको कुरालाई संविधानमा राखेन,’ श्रेष्ठले भने, ‘अर्कोतिर नाकाबन्दी गर्‍यो, तर नेपाल लत्रिएन । बरु चीनसँग गएर ट्रन्जिट र ट्रान्सपोर्ट सम्झौता गर्‍यो । नेपालले कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नक्सा सबै दल मिलेर निकाल्छ भनेर भारतले सोचेको पनि थिएन । तर मधेसवादी दलसमेत एक भएर नेपालले नक्सा निकाल्यो ।’

त्यसैले नेपाललाई पेलेर होइन, वार्ता गरेर समाधानमा पुग्नुपर्छ भन्ने महसुस गरेर भारतले रअ प्रमुख, स्थल सेनाध्यक्ष हुँदै अहिले विदेशसचिवलाई नेपाल पठाएको उनको बुझाइ छ । तर भारतीय विदेशसचिवको भ्रमणबाट धेरै उत्साहित भइहाल्नुपर्ने अवस्था नरहेको उनले बताए । ‘भारतको विदेशसचिव पहिला नै आउनुपर्ने थियो, नयाँ विदेश सचिवले छिमेकी देशहरुको भ्रमण गर्ने भारतको परम्परा छ । भुटान, बंगलादेश, अन्य देशको भ्रमण गरे, नेपाल आएका थिएनन्,’ श्रेष्ठले भने, ‘उनको पनि नेपाल पहिलो भ्रमण हो, हाम्रो पनि परराष्ट्रसचिव नयाँ आएका छन्, उनको पनि भारतीय समकक्षीसँग पहिलो भेट हो । त्यसैले यो भ्रमण परिचयात्मक र नियमितमात्र हो ।’

नेपाललाई पेलेर होइन, वार्ता गरेर समाधानमा पुग्नुपर्छ भन्ने महसुस गरेर भारतले रअ प्रमुख, स्थल सेनाध्यक्ष हुँदै अहिले विदेशसचिवलाई नेपाल पठाएको पूर्वराजदूत हिरण्यलाल श्रेष्ठको बुझाइ छ । तर भारतीय विदेशसचिवको भ्रमणबाट धेरै उत्साहित भइहाल्नुपर्ने अवस्था नरहेको उनले बताए । ‘भारतको विदेशसचिव पहिला नै आउनुपर्ने थियो, नयाँ विदेश सचिवले छिमेकी देशहरुको भ्रमण गर्ने भारतको परम्परा छ । भुटान, बंगलादेश, अन्य देशको भ्रमण गरे, नेपाल आएका थिएनन्,’ श्रेष्ठले भने, ‘उनको पनि नेपाल पहिलो भ्रमण हो, त्यसैले यो भ्रमण परिचयात्मक र नियमितमात्र हो ।’

यो भ्रमणमा नेपालले सीमाको कुरा उठाए पनि समाधान भने राजनीतिक भेटघाट र राजनीतिक तहको वार्ताबाटै हुने उनले प्रस्ट पारे । ‘भारतीय विदेशसचिवले नेपालीको भावनालाई लिएर जान्छन्, जसरी रअ र भारतीय सेना प्रमुखको भ्रमणले विदेशसचिवको भ्रमण गर्ने वातावरण बनायो, त्यसरी नै विदेशसचिवको भ्रमणले अब राजनीतिक तहमा पनि भ्रमणको वातावरण बनाउँछ,’ उनले भने ।

योसँगै नेपालका सामु कुटनीतिक कौशल बढाउनुपर्ने चुनौती पनि थपिएको उनको बुझाइ छ । ‘पहिलेभन्दा अहिले झन् बढी असंलग्न, तटस्थ, कसैको सुरक्षा छाताभित्र नजाने र आर्थिक, राजनीतिक सम्बन्ध सुधार गर्नुपर्ने खाँचो छ,’ उनले भने, ‘अरुलाई बढी चलखेल गर्न दियो भने भोलि नेपाल अरु शक्तिराष्ट्रको खेल मैदान हुन सक्छ । त्यसो हुन नदिन नेपाल विशेष चनाखो हुनुपर्ने आवश्यकता छ ।’

पूर्व राजदूत उपाध्याय पनि नेपाल र भारतबीच कुटनीतिक संवाद सुरु भएसँगै अब राजनीतिक तहमा भेटघाट र संवाद हुने सम्भावना औंल्याउँछन् । ‘वार्ताको सुरुवात भने राम्रो भएन, भारतको खुफिया प्रमुख आएर हाम्रो प्रधानमन्त्रीसँग तीन घण्टा भेट गर्नु त राम्रो होइन । हाम्रोलागि त्यो लज्जाजनक थियो । तर त्यसले पनि एउटा आधार बनाउँदै लगेर सैन्य प्रमुखको भ्रमण र अहिले कुटनीतिक तहमा भ्रमण भएको छ । अब मन्त्रीको आगमन हुन्छ । अरु उच्च तहको राजनीतिक भेटघाट हुन्छ,’ उनले भने ।

नेपाल–भारत सम्बन्धमा धेरै जटिलता बढेको उल्लेख गर्दै उनले अहिलेको भ्रमणले त्यो समाधान हुने अवस्था नरहेको बताए । ‘सीमा विवाद प्रोटेकलमा त परराष्ट्र सचिवस्तरको हो तर अब त्योस्तरबाट मात्र समाधान हुने अवस्थामा छैन,’ उनले भने, राजनीतिक इच्छाशक्तिसहित दुवै मुलुकले सार्थक पहल गर्नैपर्छ ।’

नेपाल–भारत सम्बन्धमा धेरै जटिलता बढेको उल्लेख गर्दै पूर्वराजदूत उपाध्यायले अहिलेको भ्रमणले त्यो समाधान हुने अवस्था नरहेको बताए । ‘सीमा विवाद प्रोटेकलमा त परराष्ट्र सचिवस्तरको हो तर अब त्योस्तरबाट मात्र समाधान हुने अवस्थामा छैन,’ उनले भने, राजनीतिक इच्छाशक्तिसहित दुवै मुलुकले सार्थक पहल गर्नैपर्छ ।’

यसका लागि नेपालले आफ्नो कुटनीतिक दक्षता प्रमाणित गर्ने बेला आएको उनले बताए । ‘कुटनीति भनेको कौशल हो, चातुर्यता हो, परिपक्वता हो । हामी पनि कति कुशल छौँ, चतुर छौँ, त्यसमा भर पर्ने कुरा छ,’ उनले भने, ‘आजसम्मका कुरालाई हामीले संस्थागत मेमोरीमा राखेनौँ, राजनीतिक अस्थिरताले गर्दा वर्ष दिनमै सरकार फेरिए । अब त संविधानसभाले संविधान बनाएर यति बलियो सरकार गठन भएको पनि तीन वर्ष हुन लागिसक्यो । हामीले सन्तुलित कुटनीति अवलम्बन गर्नुपर्छ । हाम्रो कुटनीति परिपक्व हुनुपर्‍यो, त्यसमा चातुर्यता, कुशलता हुनुपर्छ ।’

परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले ‘म नै सबै कुरामा जान्ने छु’ भन्ने हो भने फेरि समस्या बल्झिने खतरा पनि उनले औंल्याए । ‘राष्ट्रको अनुभव, ज्ञान, दक्षता, परराष्ट्र सेवामा रहेका तथा सेवा निवृत्त भएकाहरुको समेत सुझाव, विचारलाई एक ठाउँमा राखेर सरकारले राष्ट्रिय सोच बनाउने र त्यो जगमा उभियो भने कुनै कुरा असम्भव छैन,’ उनले भने ।

भारत र चीन दुवै हाम्रा मित्र राष्ट्र भएकाले दुवैलाई हामीले प्राथमिकता दिनुपर्ने र विश्व राजनीतिमा अहिले चीनको पक्ष र विपक्षमा देखिएको तरङ्गलाई बुझेर नेपालले दुवै छिमेकीप्रति सन्तुलित एवं विश्वासिलो कुटनीति अवलम्बन गर्नुपर्ने उनले प्रस्ट पारे ।

‘अब कसैलाई दोष दिने ठाउँ छैन । राजतन्त्र पनि छैन । अस्थिरता पनि छैन,’ उनले भने, ‘अब त सम्पूर्ण जिम्मेवारी हाम्रै काँधमा छ । यो कुरालाई सरकारले आत्मबोध गर्नुपर्छ ।’ यसका लागि सरकारले ‘कोड अफ कन्डक्ट’ लागू गर्दै, त्यस अन्तर्गत आफू रहने हो भने धेरै कुरा सुधार हुने उनको भनाइ छ ।

परराष्ट्र मामिलाका कुशल जानकार मानिने पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे कुटनीतिक मामिलामा संयमित भएर कुशलतापूर्वक कदम बढाउनुपर्ने खाँचो औंल्याउँछन् । छोटो सुझाव दिँदै उनले भने, ‘कुटनीतिमा बढी उत्तेजित हुनु हुँदैन, अनावश्यक रुपमा अपेक्षा बढाउनु हुँदैन । कुटनीतिमा बढी उत्तेजित हुनु, अनावश्यक रुपमा अपेक्षा बढाउनु प्रत्युत्पादक हुन्छ ।’

परराष्ट्र मामिलाका कुशल जानकार मानिने पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे कुटनीतिक मामिलामा संयमित भएर कुशलतापूर्वक कदम बढाउनुपर्ने खाँचो औंल्याउँछन् । छोटो सुझाव दिँदै उनले भने, ‘कुटनीतिमा बढी उत्तेजित हुनु हुँदैन, अनावश्यक रुपमा अपेक्षा बढाउनु हुँदैन । कुटनीतिमा बढी उत्तेजित हुनु, अनावश्यक रुपमा अपेक्षा बढाउनु प्रत्युत्पादक हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्