विश्वविख्यात फुटबल खेलाडी म्याराडोनाको निधन

0
458

काठमाडौँ मंसिर १०-

विश्वविख्यात फुटबल खेलाडी डियागो म्याराडोनाको निधन भएको छ। उनी ६० वर्षका थिए।

अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो।

अर्जेन्टिनाको टिग्रेस्थित आफ्नै घरमा ‘कार्डियाक अरेस्ट’का कारण उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् । उनलाई मस्तिष्कसम्बन्धी समस्या पनि थियो ।

म्याराडोनाकै नेतृत्वमा सन् १९८६ को विश्वकप फुटबल प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो। सन् १९९० को विश्वकप फुटबलमा दोस्रो स्थान प्राप्त गरेको थियो। उनी विश्वकै महान् खेलाडीको रूपमा चिनिन्थे । उनको जन्म सन् १९६० अक्टोबर ३० मा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्