मोबाइलमै फोटो इडिट गर्न यी हुन् उत्कृष्ट ८ एप

0
800

काठमाडौं । यदि तपाईं सिर्जनात्मक उपाय खोज्दै हुनुहुन्छ भने एकपटक आफ्नो स्मार्टफोनको ग्यालरी छिर्नु होस् । आफ्ना पुराना फोटोहरु नियाल्नुहोस् र नयाँ मेकअप दिनुहोस् ।

गुगल प्ले स्टोर र आईओएसमा यसरी पुराना फोटोहरुलाई नयाँ बनाउने एडिटिङ एपहरु प्रशस्तै छन् । त्यसमध्ये आज हामी तपाईंलाई उत्कृष्ट आठ एपहरुका बारेमा बताउँदैछौं ।

१. स्नापसीड

स्नापसिड आईओएस र एन्ड्रोइड दुवैमा निःशूल्क रुपमा उपलब्ध एप हो । गुगलको स्वामित्वमा रहेको यो एपले तपाईंलाई एक्सपोजर र कलरका धेरै रेञ्ज प्रदान गर्नेछ ।

यसमा भिन्टेजदेखि मोडर्न स्टाइलसम्मका धेरै फिल्टर अप्सनहरु रहेका छन् । यसमा पञ्ची एचडीआर लुक्स पनि छ ।

यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

२. लाइटरुम

प्रोफेसनल फोटोग्राफरहरुका लागि स्ट्याण्डर्ड एडिटिङ टूल मानिने एडोबको लाइट रुम आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छन् । यसको निःशूल्क भर्सनमा सीमित फिचर मात्रै पाइन्छ ।

तर प्रति महिना ४.९९ डलर तिर्ने प्रयोगकर्ताहरुले यसका सबै फिचरहरु प्रयोग गर्न सक्छन् । तपाईंले यसमा स्टिकर, एनिमेसन तथा इमोजीहरु पाउनु हुनेछैन । तर यसबाट तपाईंले प्रोफेसनल किसिमको फोटो एडिटिङ गर्न भने सक्नुहुनेछ। यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

३. एडोब फोटोसप एक्सप्रेस 

एडोब फोटोसपमा तपाईंले लाइटरुममा जस्तै फिचरहरु पाउन सक्नुहुन्छ । एक्सपोजर, कन्ट्रास्ट र कलर एडिटिङ जस्ता अप्सन यसमा छन् । तर यसबाट केही प्रो टूल र क्लाउड सेन्सिङ फिचरहरु हटाइएको छ ।

तर खुशीको कुरा के छ भने यसमा सब्सक्रिप्सन फी पनि हटाइएको छ । यो आईओएस र एन्ड्रोइड दुवैमा निःशूल्क उपलब्ध छ । यसमा तपाईंले राम्रा फिल्टर र ओभरले टेक्सचरहरु पाउन सक्नुहुन्छ ।

यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

४. प्रिज्मा

प्रिज्माले सूक्ष्म फिल्टर तथा आधारभूत इमेज करेक्सनको काम गर्दैन । यो एउटा ट्रिप्पी फिल्टर हो जसले तपाईंको फोटोलाई एकदमै अभूतपूर्व कलात्मक शैलीमा एडिट गरिदिन्छ ।

यसमा भएका धेरै फिल्टरहरु साल्भाडोर डाली तथा पिकास्सो जस्ता कलाकारहरुबाट प्रेरित छन् । यसका फिल्टरहरु बलिया पनि छन् ।

सबै फिल्टरहरु सबै किसिमका तस्वीरहरुका लागि सुहाउँदैँनन् । यसमा भएको फिल्टर पोट्रेट तस्वीरहरुका लागि एकदमै उपयुक्त छ । आईओएस र एन्ड्रोइडमा उपलब्ध यो एप्सको मासिक सब्स्क्रिप्सन मूल्य ७.९९ डलर रहेको छ ।

यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

५. बाजार्ट 

बाजार्टको मोन्टाज र कोलाजले तपाईंलाई तस्वीरदेखि टेक्स्ट तथा ग्राफिक्स लगायतका विभिन्न तत्वहरुलाई समायोजन गर्न मद्दत गर्दछ ।

यसले पोट्रेट तस्वीरको पृष्ठभूमिलाई मेट्न सहयोग गर्दछ । यसले नयाँ पृष्ठभूमि र नयाँ लेयर थप गर्न समेत सघाउँछ । आईओएसमा मात्र उपलब्ध यो एपको मासिक सब्स्क्रिप्सन शूल्क ७.९९ डलर हो ।

यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

६. फोटोफक्स

बाजार्टमा जस्तै फोटोफक्समा पनि पृष्ठभूमिमा रहेका वस्तुहरु हटाउने शक्तिशाली टूल‍ छन् । यसले तपाईंलाई नयाँ पृष्ठभूमि र सुन्दर इफेक्टहरु प्रदान गर्दछ ।

यसमा भएको डिस्पर्सन  इफेक्ट एदमै राम्रो छ । साथै यसको ग्लिच इफेक्ट र डबल एक्सपोजर इफेक्ट पनि एकदमै अतुलनीय किसिमका छन् । यो एप आईओएस मा मात्र उपलब्ध छ ।

यो एप डाउनलोड गर्न  यहाँ क्लिक गर्नुहोस् । 

७. पिक्सआर्ट

पिक्सआर्टमा धेरै एडिटिङ टूलहरु उपलब्ध छन् । कन्ट्रास्ट एक्सपोजर जस्ता आधारभूत टूलदेखि सिनेम्याटिक कलर ग्रेडिङ र ड्रामाटिक फिल्टरहरु पनि यसमा उपलब्ध छन् ।

यसले तस्वीरलाई पेन्टिङ जस्तै कलात्मक चित्रमा परिणत गर्न सक्छ । पिक्सआर्टमा इन्स्टाग्राममा जस्तै सोसल शेयरिङ एलिमेन्टहरु पनि छन् । यसको वार्षिक सब्स्क्रिप्सन शूल्क ४८ डलर रहेको छ ।

यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

८. भिस्को

आईओएस तथा एन्ड्रोइड दुवैमा उपलब्ध यो एपमा केही फंसनहरु निःशूल्क छन् । यदि सब्सक्रिप्सनमा लिन चाहनुहुन्छ भने सात दिनको निःशूल्क ट्रायल सहित एक वर्षका लागि १९.९९ डलर तिर्नु पर्ने हुन्छ ।

लाइटरुम तथा रुटहरु स्पष्ट रहेको भिस्कोले फोटोलाई जीवन्त बनाउने कलर ग्रेडिङ समेत सुरु गरेको छ ।

यसमा डिजाइन, लुक्स, क्लासिक, फुजिफिल्म, कोड्का तथा इलफोर्ड जस्ता अनेकौं प्रिसेट समेत उपलब्ध छन् । यसका साथै भिस्कोमा विशेष किसिमको ब्लयाक एण्ड ह्वाइट फिल्टर समेत छ ।

यो एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । 

तपाइको प्रतिक्रिया दिनुहोस्