पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा कोरोना पुष्टी

0
337

काठमाडौं, भदौ ६–

नेपालमा पछिल्लो २४ घण्टामा शनिबार ६ सय ३४ जना नयाँ कोरोना पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्याका संक्रमित थपिएका हुन्।

यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको गौतमले बताए। आजसम्म ५ लाख ९२ हजार ४ सय १८ जनाको पिसिआर परीक्षण गरिएको छ।

गत २४ घण्टामा जम्मा १ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन। हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएका छन। कोरोना संक्रमणबाट १ सय ४६ जनाको मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्