यस वर्ष एसइइको परीक्षा नगर्ने सरकारको निर्णय,आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने

0
250

काठमाडौं, जेठ २८–

सरकारले यस वर्षको एसइई परीक्षा नहुने बताएको छ ।आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले  एसइई परीक्षा नलिने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्नेगरी कानूनमा संशोधन गर्नेसहितको प्रस्ताव मन्त्रीपरिषद्मा लगेको थियो । सो प्रस्ताव स्वीकृत भएको ती मन्त्रीको भनाइ छ । ती मन्त्रीका अनुसार विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउने र  त्यसकै आधारमा ग्रेड निर्धारण गरी नजिजा सार्वजनिक हुनेछ ।

शिक्षा मन्त्रालयले भोली (बिहीबार) यस सम्बन्धमा विस्तृत जानकारी पत्रकार सम्मेनल गरेर दिने भनेको छ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण स्थगित भएको थियो। त्यसयता उक्त परीक्षा हुने कि नहुने अन्यौल थियो।

शिक्षा मन्त्रालयले वर्तमान कानुन संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको एसइई परीक्षा लिने विकल्पसहित प्रस्ताव लगेको थियो।कक्षा १० को एसइई परीक्षाका लागि ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले आवेदन दिएका थिए भने १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्