पछिल्लो २४ घन्टामा २७८ कोरोना भाइरसका संक्रमित थपिए, संक्रमितको संख्या २९ सय १२ पुग्यो

0
318

काठमाडौं, जेठ २३–

नेपालमा पछिल्लो २४ घन्टामा २७८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले (आज)शुक्रबार नियमित लाइभ अपडेटमा विभिन्न जिल्लामा २७८ जना संक्रमित थपिएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ।

तीमध्ये ३३३ जना उपचारपछि निको निको भई घर फर्केका छन भने ११ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ। तीमध्ये धेरै क्वारेन्टिनमा बसेकाहरू छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्