एकैदिन २२६ जना कोरोना संक्रमीत थपिए,१७९८ पुग्यो संक्रमित संख्या

0
291

काठमाडौंँ,जेठ १९-

नेपालमा पछिल्लो २४ घन्टामा २२६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सोमबार २२६ कोरोना संक्रमित थपिएका हुन्।

संक्रमित हुनेहरुमा झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जना रहेका छन।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ। तीमध्ये २२१ जना उपचारपछि घर गएका छन् ८ जनाको मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्