`साथ सबैको´फेसबूक ग्रुप अभियानको आयोजनामा रक्तदान कार्यक्रम हुँदै

0
639

चितवन,जेठ १३-

पुर्वी चितवनको रत्ननगर-१५ स्थित माधवपुरमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।

विश्वभर महामारीको रुप लिईरहेको कोभिड-१९(कोरोना भाईरस)का कारण हाल देश बन्दाबन्दिको अवस्थामा छ।यस विषम परिस्थितिमा जिल्लाका अस्पतालहरुमा  रगतको चरम अभाव भएको भन्दै रत्ननगर-१५ स्थित दिग दर्शन युवा क्लबको संरक्षकत्वमा यही जेठ १५ गते बिहीबार बिहान रक्तदान कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक सुसन पन्तले बताएका छन ।

उक्त कार्यक्रम सामाजिक कार्यमा उत्तरदायित्व बहन गर्दै आएको “साथ सबैको” फेसबूक ग्रुप अभियानको आयोजनामा हुन लागेको हो।सो कार्यक्रम रत्ननगर-१५ स्थित नमुना टोलमा रहेको श्री आधारभुत बिधालयको प्राङ्गणमा हुने अभियानका सदस्य राज कुमार देवकोटाले जानकारी दिए ।ग्रुपका एड्मिन बिज्ञान लामिछानेले संकटको यस घडिमा गर्न लागिएको रक्तदान कार्यक्रममा भरपुर साथ दिन सम्पुर्ण माझ अपिल गरेका छन।

तपाइको प्रतिक्रिया दिनुहोस्