फेरि थपिए १९ जना कोरोना संक्रमित ,६०३ पुग्यो संक्रमितको संख्या

0
340

काठमाडौंँ,जेठ ११-

आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज(बिहीबार)मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्।

यस सँगै देशका ७७ जिल्ला मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्।

योसँगै नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ६०३  पुगेको छ।

तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्