नेपालले आज जारी गरेको नयाँ नक्सा स्विकार्य हुन्न : भारत (विज्ञप्तीसहित)

0
199

काठमाडौं,जेठ ७ –

नेपालले आज(बुधबार) लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर औपचारिक रुपमा जारी गरेको राजनैतिक तथा प्रशासनिक नक्सा प्रति छिमेकी राष्ट्र भारतले अस्विकार गर्ने जनाएको छ ।

आज भारतिय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आज एक विज्ञप्ति जारी गर्दै नेपालको नक्सा भारतलाई अस्विकार्य भएको बताएका  हुन ।

जारी विज्ञप्तीमा भनिएको छ,’नेपाल सरकारले आज जारी गरेको अद्यावधिक आधिकारिक नक्सामा भारतको भूमि पनि समावेश गरेको छ । यो एकपक्षीय रुपमा गरेको काम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन। कूटनीतिक वार्ताको माध्यमबाट सीमाना मुद्दाहरूको समाधान गर्न द्विपक्षीय समझदारीको विपरित हो।’  

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा जारी गरेकोमा भारतले कृत्रिम विस्तारको संज्ञा दिएको छ । र, त्यसलाई आफूले स्विकार नगर्नेपनि स्पष्ट पारेको छ। उसले थप भनेको छ,’नेपाल यस विषयमा भारतको स्थिर स्थितिसँग राम्ररी परिचित छ र हामी नेपाल सरकारलाई यस्तो अनुचित कार्टोग्राफिक दाबीबाट टाढा रहन र भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न आग्रह गर्दछौं। हामी आशा गर्दछौं कि नेपाली नेतृत्वले सीमा क्षेत्रका समाधानका लागि कूटनीतिक वार्ताको सकारात्मक वातावरण सिर्जना गर्नेछ।’

उनले नेपाल यो विषयमा भारतले निरन्तर रूपमा राखिरहेको अडानबारे जानकार भएकाले  नेपाल सरकारलाई अनुचित रूपमा नक्सा जारी गर्ने कदम रोक्न र भारतको सम्प्रभुता र अखण्डताको सम्मान गर्न आग्रह गरे।

यसअघि नेपाल सरकारले सुगौली सन्धीलगायत ऐतिहासिक दस्तावेजमा लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूमि भएको उल्लेख गर्दै ती क्षेत्रलाई समेटेर बुधबार नयाँ नक्सा जारी गरेको छ। उक्त नक्साको आम प्रयोगका लागि संविधानको निशान छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको प्रधानमन्त्री ओलीले बताएका छन्।

केही दिनअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले कालापानी क्षेत्रमा बनाइएको सडकको उद्घाटन गरेपछि भारतको उक्त कदमको नेपालमा चर्को विरोध भएको थियो। पछिल्लो समय जम्मु कस्मिरको राज्यको मान्यता हटाएर केन्द्र शासित क्षेत्र बनाएपछि भारतले कालापानी क्षेत्र समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्