तामाङ समाज ख्यङ्साङ बुसान द्वारा नाङ्साल साङ्गितिक सौगात कार्यक्रमको आय व्यय सार्वजनिक

करिब एक करोड तीस लाख वोन नाफामा

0
1028

पेम्वा लामा

कोरिया,जेठ ७–तामाङ समाज ख्यङ्साङ बुसान द्वारा नाङ्साल साङ्गितिक सौगात कार्यक्रमको आय व्यय सार्वजनिक 1तामाङ समाज ख्यङ्साङ बुसान दक्षिण कोरियाले नाङ्साल साँगितिक सौगातको आय व्यय प्रतिवेदन सार्वजनिक  गरेको छ।

गत आइतबार(मे १७ तारिख)का दिन एक कार्यक्रमका बिच विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा उक्त कार्यक्रमको आय व्यय प्रतिवेदन सार्वजनिक गरिएको हो।

कार्यक्रममा आर्थिक विभाग संयोजक एवम तामाङ समाज ख्याङ्साङ्का बरिस्ठ उपाध्यक्ष समेत रहेका धनराज तामाङ्ले कार्यक्रमको आर्थिक आय ब्यय प्रस्तुत गरेका थिए ।तामाङ समाज ख्यङ्साङ बुसान द्वारा नाङ्साल साङ्गितिक सौगात कार्यक्रमको आय व्यय सार्वजनिक 2

तामाङका अनुसार कार्यक्रमको आय तर्फ कुल ३९२५८३८७ वोन र कुल खर्च तर्फ २६४२३१६७  वोन रहेको छ।  उनले कार्यक्रम बाट १२८३५२२० वोन (करिब एक करोड तीस लाख ) नाफा भएको बताएका छन ।

गत सलनाल एवं २८५६ औँ सोनाम ल्होसारको अवसरमा तामाङ समाज,ख्यङ्साङ बुसान दक्षिण कोरिया द्वारा आयोजित उक्त बृहत साँस्कृतिक कार्यक्रममा थुप्रै नेपाली चर्चित राष्ट्रीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।तामाङ समाज ख्यङ्साङ बुसान द्वारा नाङ्साल साङ्गितिक सौगात कार्यक्रमको आय व्यय सार्वजनिक 3

लागु औषध विरूद्द निरन्तर रूपमा काम गरिरहेको निता फाउन्डेसनद्वारा निर्माण हुन लागिरहेको मुक्ति पुनर्स्थापना गृह सहयोगार्थ स्वरूप उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष सुजित घिसिङले समय परिस्थिति अनुकुल हुना साथ कार्यक्रमको उद्देश्य अनुरूप सहयोग रकम हस्तान्तरण गरिने बताउनु भयो।

अध्यक्ष घिसिङ्ले कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने ख्यङ्साङ् क्षेत्रमा रहेका विभिन्न जातीय, क्षेत्रीय संघ-संस्थाहरु , समाजसेवीहरु , बुद्धिजीवीहरु , विभिन्न पेशाका व्यवसायिहरु ,विद्यार्थीहरु लगायत सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाईहरुप्रती खुलेर प्रशंसा गरेका थिए ।तामाङ समाज ख्यङ्साङ बुसान द्वारा नाङ्साल साङ्गितिक सौगात कार्यक्रमको आय व्यय सार्वजनिक 4

कार्यक्रममा कोरियामा रहेका नेपाली स्थानिय कलाकारहरुले समेत आफ्नो प्रस्तुती दिएका थिए ।

तामाङ समाज ख्यङ्साङ बुसान द्वारा नाङ्साल साङ्गितिक सौगात कार्यक्रमको आय व्यय सार्वजनिक 5तामाङ समाज ख्यङ्साङ बुसान द्वारा नाङ्साल साङ्गितिक सौगात कार्यक्रमको आय व्यय सार्वजनिक 6सो कार्यक्रम यस क्षेत्रको हाल सम्मकै उत्कृष्ट साथै ऐतिहासिक कार्यक्रमको रुपमा रहेको कुरा उपस्थित अतिथिहरुले बताएका थिए ।

उक्त कार्यक्रममा अतिथीको रुपमा रहेका स्पीड मोबाइल, किम्हेका प्रतिनिधि ईश्वर काठयातले तामाङ समाजले विगत देेेखि नै आयोजना हुँदै आईरहेको हरेक कार्यक्रमको आर्थिक पारदर्शिता देखाउदै आएकाले पनि सबैको लोकप्रीय बन्न पुगेको  कुरा व्यक्त गरेेेका थिए ।तामाङ समाज ख्यङ्साङ बुसान द्वारा नाङ्साल साङ्गितिक सौगात कार्यक्रमको आय व्यय सार्वजनिक 7किम्हे स्थित लुम्विनि रेेेष्टुरेन्टको हलमा संचालित उक्त कार्यक्रममा कार्य समिती सदस्य लगायत अन्य थुप्रै नेपालिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष सुजित घिसिङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्