थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९५ पुग्यो(प्रेस बिज्ञप्ती सहित )

0
318

काठमाडौं, जेठ ४ –

आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ।जसमा दुईजनाको मृत्यु भएको छ। आइतबार मात्रै बाँकेका २५ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि भएको हो।

उनीहरुको स्वाब विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित विराटनगर निवासी ३६ वर्षीय पुरुष र २९ वर्षीया महिला छन् । धनकुटाकी ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ।

संक्रमित मध्ये ३६ जना निको भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्