राष्ट्रिय संगितकर्मी संघ कास्की द्वारा राहत वितरण

0
440

पोखरा,जेठ २-
राष्ट्रिय संगितकर्मी संघ कास्की कार्यसमिती द्वारा बिहिबार एक कार्यक्रमका बिच राहत बितरण सम्पन्न भएको छ।कोभिड १९ को माहामारीका कारण विषम परिस्थिती झेल्नु परेका खाद्यान्न अभाब भएका करिब ४० जना कलाकारहरुलाई राहत बितरण गरिएको हो।सहकर्मिको पिडामा थोरै भएपनी सहयोग पुगोस भन्ने उद्धेश्यका साथ उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष ऋषि राम दाहालले बताए। बिश्वभर फैलिएको कोरोना माहामारिका कारण नेपाल पुर्ण रुपमा लक छ यस्तो अवस्थामा आफुले सहयोग गर्न पाउँदा सल्लाहकार राजेश श्रेस्ठ ले खुशी ब्यक्त गरेका छन।आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने र सो कार्यक्रमले समस्या भोगिरहेका कलाकारलाई राहत मिल्ने उपाध्यक्ष कपिल श्रेष्ठले बताएका छन्। साथै उक्त कार्यक्रममा कार्यसमितिका पदाधिकारी रिजोन,जौ माया,लगाएतले आ आफ्नो भनाई राखेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्