लिपुलेकमा खनिएको सडक आफ्नै भुमी भित्र परेको भारतको दावी

0
393

नयाँदिल्ली,बैशाख २७ –

भारतले लिपुलेकमा खनिएको सडक आफ्नै भूमि भित्रै पर्ने भन्दै दावी गरेको छ। उक्त सडक शुक्रबार उद्घाटन गरिएको थियो ।

भारतीय विदेश मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै उक्त सडक खण्ड उत्तराखण्डको राज्यको पिथौरागढ जिल्लामा पर्ने र तिर्थालुहरुले कैलाश मानसरोवर यात्राका लागि प्रयोग गर्दै आएको साविककै मार्गअन्तर्गत रहेको उल्लेख गरेको छ ।भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार चीनको मानसरोवर जोड्ने गरि नेपाली भूभाग हुदैँ जाने बाटोको उद्घाटन गरेका थिए। उक्त बाटो नेपालको कालापानी र लिपुलेक क्षेत्र हुदैँ निर्माण गरिएको छ। बाटोको उद्घाटन भएको समाचार आए लगत्तै शनिबार नेपाल सरकारले उक्त कदमलाई खेदजनक भनेको छ।

सीमा विवाद हल गर्न परराष्ट्र सचिव स्तरिय संयन्त्रमा कुराकानी गर्न नेपालले दुई पटक गरेको प्रस्तावमा भारतले वेवास्ता गरेको थियो।  तर भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सचिव स्तरिय वार्ता हुन सक्ने उल्लेख गरेका छन्। उनले भारत कुटनैतिक वार्ताबाटै सीमा विवाद हल गर्न तयार रहेको बताएका छन्। भारतले कोरोना भाइरसको चुनौती सकिए लगत्तै दुई पक्षबीच वार्ताको मिति टुङ्गो लाग्ने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्