विपन्न परिवारका लागि नेकाे फाउन्डेसन द्वारा राहत वितरण

0
805

काठमाडौ,बैशाख २५ –

नागार्जुन -१ स्थित डेरा गरि बस्ने तथा स्थानीय मजदुर सहित विपन्न वर्गका ९० घर परिवारलाई नेको फाउन्डेसनले राहत स्वरूप जिन्सि सामग्री वितरण गरेको छ।

लक डाउनका कारण कामकाज ठप्प हुँदा आम्दानी नभएका विपन्न परिवारलाई सहयोग गरेको फाउन्डेसनका संस्थापक अमेरिका निवासी विश्व भट्टले  बताए ।

नागार्जुन-१ स्थित न्यू क्रियटिभ ई. बाे. स्कुल ( NCEB School )मा सम्पन्न उक्त कार्यक्रममा उक्त वडाका वडा अध्यक्ष राम चन्द्र लामा , वडा सदस्यहरु रामेश्वर लामा , जुजुन लामा , शान्ता लामा , नेपाली काँग्रेसका नेता सविन तामाङ , स्कुलका प्रिन्सिपल युवराज बस्ताकाेटी, नेकाे फाउन्डेसनका प्रतिनिधिहरु रमेश भट्ट तथा सम्झना गुरुङ लगायतको उपस्थिती रहेको थियो।यस अघि समाजसेवी भट्टकाे सहयाेगमा तारकेश्वरका १०० विपन्न परिवारलाई राहात सामग्री वितरण गरिएकाे थियाे ।

 

यसैगरी आज नै फाउण्डेशनका रमेश भट्ट तथा सम्झना गुरुङले शेष्मति क्षेत्र आसपास बस्ने २० जना विपन्न तेक्वाण्डो खेलाडीका परिवारलाई पनि राहत वितरण गरेका थिए ।

साे कार्यका लागि एनसिईबि स्कुलका प्रिन्सिपल युवराज बस्ताकाेटीकाे विशेष सकृयतामा नेका गाेरखा नेता चेत वहादुर अधिकारी , गाेरखाका विद्यार्थी नेता विश्व भट्ट समेतकाे समन्वयात्मक भूमिका रहेकाे समाजसेवी रमेश भट्टले बताए ।

तार्केश्वर-५ का समाजसेवीहरु विकास तामाङ, कृष्ण श्रेष्ठ, रोसन महर्जन, साथै नेको फाउन्डेसनका भाई-बहिनीहरु आस ब., रतन, छोकी, अनुसा, शर्मिला, सिमाना, विवश, आदिको प्याकेजिङ तथा वितरण सहयाेगमा साे क्षेत्रमा  प्रति परिवार २५ के. जी. चामल, १ के. जी. मस्यौरा, १ पोका नुन, १ के. जी. गेडा- गुडी, २ के. जी. दाल,र १ लिटर तेल राहत स्वरुप वितरण गरिएकाे थियाे ।

“वालबालिका लिएर वेखर्ची भएका परिवार , सुत्केरी,विरामी, गरिव श्रमिक तथा विपन्न परिवारकाे चुल्हाे जलाउन सकिन्छ कि भनेर सानाे प्रयास गरिएकाे हाे , साे काे पूरा श्रेय र सहयाेग गर्ने व्यक्ति अमेरिका निवासी मेरा मित्र विश्व भट्ट हुन् , ” साे वितरण कार्य सम्पन्न भए पछि न्यु क्रियटिभ स्कुलका प्रिन्सिपल वस्ताकाेटीले वताउनु भयाे ।

संकट बढ्दै जाँदा मानिसलाई हातमुख जाेर्न गाराे नहाेस भन्नका लागि सामाजिक दूरी कायम गरेर स्थानीय जन प्रतिनिधिसंगकाे समन्वयमा यो कार्यक्रम गरिएको फाउन्डेसनका संस्थापक भट्टले बताए।

नेको फाउन्डेसनले बिपतको कुनै पनि घडिमा पिडितलाई सहयोग गर्दै आइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्