पर्साका थप १७ जनामा कोरोना संक्रमण पुष्टि,यस सँगै संक्रमितको संख्या ९९ पुग्यो

0
382

काठमाडौ,बैशाख २४ –

नेपालमा बुधबार मात्रै १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो।

थपिएका सबै संक्रमित पर्सा जिल्लाका हुन्। उनीहरूमध्ये १० पुरूष र ७ महिला छन्।

यो सँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्