नेपालमा आज एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि,यस सँगै संक्रमितको संख्या ६९ पुग्यो

0
409

काठमाडौँ,बैशाख २१-

नेपालमा आज एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यस सँगै कोरोना संक्रमितको संख्या ६९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको बताए।

आज(आइतबार)सम्म नेपालमा आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १३ हजार ४ सय १४ परीक्षणहरु भएको जनाएको छ । त्यसैगरी आइतबारसम्मको अपडेटमा आइसोलेसनमा देशभरी ७८ जना रहेका छन् ।

हाल सम्म १६ जना संक्रमित निको भई घर फर्किसकेका छन।

तपाइको प्रतिक्रिया दिनुहोस्