थप दुई साता लकडाउनको अवधी बढाउने भारत सरकारको निर्णय

0
670

काठमाडौंँ,बैशाख १९-

भारतमा लकडाउनको अवधि दुई साता थप गरिएको छ।

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या भने दिनदिनै बढेपछी लकडाउनको अवधी बढाईएको हो ।

यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएकाे द हिन्दुस्तान टाइम्सले जनाएकाे छ।

भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको हो।

शुक्रबारसम्म त्यहाँ ३५ हजार बढी मानिसलाई संक्रमण पुष्टि भएको छ भने १ हजार १५० जनाको ज्यान गएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्