अबदेखि गूगलको मीट भिडियो कन्फ्रेन्सिङ सबैका लागि निःशूल्क

0
447
एजेन्सि,बैशाख १७-समय समयमा गूगलले आफ्नो सेवाग्राहीकोलागी फरक फरक सुबिधाहरु प्रदान गरिहरेको हुन्छ।यो पटक पनि    गूगलले भिडियो कन्फ्रेन्सिङ एप मीट सबैका लागि निःशूल्क खुला गरिएको घोषणा गरेको छ ।यस अघिसम्म मीट कल सुरु गर्न प्रयोगकर्ताले जी स्वीट अकाउन्टमा पैसा तिर्नुपर्ने व्यवस्था रहेको थियो ।अब भने जोकोहीले निःशूल्क रुपमा मीटमा कल होस्ट गर्न सक्ने छन् । निःशूल्क मीट कलमा सबैको पहुँच पुग्न भने केही साताको समय लाग्ने बताइएको छ ।तर सेप्टेम्बरपछि भने यो छूटको सूविधा नदिने कम्पनीले जनाएको छ । सेप्टेम्बरपछि निःशूल्क रुपमा मीटको सेवा प्रयोग गर्नेहरुले ६० मिनेटको मात्र लिमिटेड मिटिङ सेवा उपभोग गर्न पाउने छन् ।तर अहिलेका लागि प्रयोगकर्ताहरुले आफ्नो इच्छाअनुसार भरपूर समय निःशूल्क रुपमा मीटको सेवा प्रयोग गर्न पाउने छन् । तर निःशूल्क सेवामा भिडियो कन्फ्रेन्सिङको दाैरान सय जनाभन्दा धेरै सहभागी अटाउन भने सक्ने छैनन् । यसमा पनि प्रयोगकर्ताहरुले स्क्रिन शेयरिङ, रियल टाइम क्याप्सन र कम्पनीले केही दिन अघि ल्याएको न्यु टाइल्ड लेआउट पाउन सक्नेछन् । तर मिटिङको सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरुसँग आफ्नो गूगल अर्थात जीमेल अकाउन्ट भने हुनुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्