कोरोना अस्पतालका आरोपित कर्मचारी निलम्बन गर्न उपमेयर सहित वडाध्यक्षको माग

0
488

चितवन, वैशाख १७–

भरतपुर स्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत कर्मचारीबाटै चोरी भएको भिडियो बाहिरिए पछि भरतपुर महानगरपालिकाकी उपमेयर सहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालका सामग्री चोरि गरेको आरोप लागेका कर्मचारीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेकाे छ।

महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीसहित १२ जना वडा अध्यक्ष र दुई जना कार्यपालिका सदस्यहरुले महानगरपालिकी प्रमुख रेनु दाहाललाई घटनामा संलग्न कर्मचारीहरुलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्रमा हस्ताक्षर गर्नेहरुमा महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी, टोली प्रमुख भरतपुर–२१ का वडाध्यक्ष चितसेन अधिकारी, वडा नंं. ३ का चन्द्रमित्र पण्डित, वडा नंं. ६ का हरि विलास कोइराला, वडा नंं. ८ का दामोदर न्यौपाने, वडा नंं. १४ का ओमप्रकाश पोख्रेल, वडा नंं. १५ का शम्भु भण्डारी, वडा नंं. १६ का अमृतराज हमाल, वडा नंं. १८ का दीपक लामा, वडा नंं. १७ का ललित तामाङ, वडा नंं. १९ का कर्णबहादुर गुरुङ, वडा नंं. २० का मणिलाल तामाङ, वडा नंं. २७ का वडाध्यक्ष गोबिन्द बहादुर तामाङ, कार्यपालिका सदस्य पवित्रा केसी र गीता शर्मा रहेका छन् ।

कोरोना अस्पतालको स्टोरमा रहेका केही सामग्रीहरु महानगरका लेखापाल फणिन्द्र प्रसाद खनाल, स्वास्थ्य शाखा प्रमुख सूर्य तिवारी र भरतपुर अस्पतालका कर्मचारी सञ्जय बरालले सामग्री पोका पारेर बाहिर लगेको सिसिटिभी फुटेज संचारमाध्यबाट बाहिरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्