बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु

0
196

काठमाडौं, वैशाख १७–

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ।

बुधबार साँझ बालुवाटारमा बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

पार्टी विवाद उत्कर्षमा पुगेको बेला शुरु भएको बैठमा स्पष्ट रुपमा दुई पक्ष देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्को पक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल समूह रहेको छ ।

यसअघि सचिवालय बैठक मंगलबार बस्ने भनिएको थियो।

बुधबार दिउँसो सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला दुबै समूह(ओली समूह र प्रचण्ड-नेपाल समूह) ले आफ्नो पक्षमा बहुमत देखाउन सांसदको हस्ताक्षर अभियान चलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका सांसदहरूको हस्ताक्षर अभियान चलाइसकेका छन्।

नेकपामा पछिल्लो समय राजनीतिक तरंग आएको छ।

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहित अध्यादेश ल्याएपछि अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह आक्रोशित बनेको छ। उक्त समूहका नेताहरूले तत्काल स्थायी समिति बैठक बोलाउनु पर्ने माग गरेका छन्।

प्रधानमन्त्री ओली स्वंयले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन प्रचण्ड-नेपाल समूह लागेको आरोप लगाएका छन्।

ओली र नेपालनिकट नेताहरूले निकासका लागि मंगलबार दिनभरि प्रयास गरे पनि सफल हुन सकेको छैन।

नौ सदस्यीय सचिवालयमा ओली अहिले अल्पमतमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्