मन्त्रिपरिषद बैठक ५ बजेलाई सर्‍यो,लकडाउनबारे निर्णय हुने

0
342

दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजेको लागी  सरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताले गर्दा बैठक सारिएको बताएका छन ।

मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिससएमसी)सँग छलफल गर्ने भएका छन्।

आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ। शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो।

आजको बैठकमा लकडाउनको मोडालिटीबारे समेत छलफल हुने स्राेतकाे भनाई छ ।

यसअघि सरकारले घोषणा गरेको लकडाउन वैशाख १५ गते सकिँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्