मिडियाले झुटको खेती गरे : बामदेव गौतम

0
506

काठमाडौँ, वैशाख १४ –

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको विषयमा मिडियामा आएको चर्चा झुटको खेती भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले राजिनामा दिएर बालकोट बसे हुन्छ भन्ने विषयमा व्यापक चर्चामा आएपछि उपाध्यक्ष गौतमले सत्य, तथ्य विज्ञप्ती मार्फत सार्वजनिक गर्नुभएको हो ।

सचिवालय बैठक बोलाउन र सबैका सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ,’ प्रधानमन्त्रीसँगका कुरालाई गौतमले यसरी विज्ञप्तिमा उल्लेख गरेका छन्।

विज्ञप्तीसँगै कतिपय मिडियाहरु सत्य तथ्यमा भन्दा पनि कसैले प्रयोग गरेको स्पष्ट देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्