कीटको अभाव भए सँगै , चितवनमा कोरोना परीक्षण रोकियो

0
444

चितवन, वैशाख ८– भरतपुर स्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा कीटको अभाव भएको छ । आरटी पीसीआर मेसिनबाट कोरोना परीक्षण हुँदै आइरहेको भरतपुरमा आइतबार बेलुकीेदेखि कीट अभाव भएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए ।

कीटको अभाव भए सँगै , चितवनमा कोरोना परीक्षण रोकियो 1

उनले संघीय सरकारसंग कीट माग गरी सकिएको बताए । उनले भने–‘कीट माग गरि सकेका छौं, भोलिसम्ममा आउँछ की भन्ने विश्वास छ ।’ तत्कालका लागि केही कीट हेटौंडाबाट आजै मगाइएको उनले बताए । उनले चितवनमा ¥यापिड डाइग्नोष्टिक टेस्ट कीट समेत अभाव रहेको जानकारी दिए ।

कीटको अभाव भए सँगै , चितवनमा कोरोना परीक्षण रोकियो 2

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला हाल भरतपुर अस्पतालको मातहतमा संचालनमा छ । अध्यक्ष डा.अधिकारीले अहिले पनि केही व्यक्तिहरु कोरोना परीक्षण गर्नका लागि अस्पताल आएको बताए । उनले क्वारेन्टाइनमा बस्न सल्लाह दिँदै तत्कालका लागि केहीलाई घर नै पठाइको बताएका छन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्