बैशाख १५ पछि लकडाउनको स्वरुप परिमार्जन गर्ने सरकारको तयारी

0
327

काठमाडौं, बैशाख ८-

सरकारले कोरोना भाइरस संक्रमण रोक्न चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको छ । सरकारले वैशाख १५ पछि लकडाउनको स्वरुप परिमार्जन गर्ने तयारी सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमलाई तीन वर्गमा विभाजन गरेर त्यसैअनुसार लकडाउनको स्वरुपमा निर्धारण गर्ने तयारी थालेको हो ।

बढी संक्रमण देखिएको क्षेत्र (हट स्पट) मा अहिलेको भन्दा कडा लकडाउन गर्ने र बाँकी क्षेत्रमा लकडाउन क्रमशः खुकुलो गर्दै लैजाने स्रोतले जनाएको छ ।जोखिम कम रहेको क्षेत्रमा निजी सवारी साधन, कलकारखाना र खेतीपाती गर्न दिने सरकारको तयारी रहेको जानकारी छ ।

सार्वजनिक यातायात चल्न नदिने तर मोटरसाइकल, कारलगायत व्यक्तिगत सवारी साधन चल्न दिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ । जसअनुसार मोटरसाइकलमा एक जना मात्रै र कारमा चार जना मात्रै बस्न मिल्ने गरी सञ्चालन गर्न दिइनेछ ।

त्यसैगरी, सुरक्षात्मक विधि बनाएर केही औद्योगिक क्षेत्रमा कलकारखाना चल्न दिने तयारी छ। तर, कारखानाले त्यसमा काम गर्ने मजदुरको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्